images
images

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा हुने

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा हुने

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • आगामी तीन दिनको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा मेघगर्जन, चट्याङ्ग  र हावाहुरीसहित बर्षा हुने

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । 

    images
    images

    सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै कोशी र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा साथै तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती ː कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    मङ्गलबार ː कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश र बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती ː कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    बुधबार ː कोशी र मधेश प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली रहने छ। कोशी प्रदेशको थोरै तथा बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती ː कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    देशका पहाडी भूभागका थोरै स्थानहरूमा साथै तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले  त्यस  क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले जनाएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार