images
images

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्दा चाँदी घट्यो, आज कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्दा चाँदी घट्यो, आज कतिमा हुदैछ कारोबार ?

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्दा चाँदी घट्यो, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । 

    images
    images

    नेपाल सुनचाँदी महासंघको अनुसार आज बजारमा सुनको मूल्य प्रतितोला प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको हो । 

    शुक्रबार अर्थात अघिल्लो कारोबारको दिन प्रतितोला एक लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावल सुन आज एक लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार हुने भएको छ । 

    यस्तै, शुक्रबार एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    यता, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्तितोला १७ सय २५ रुपैयाँमा कारोबार हुने भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार