images
images

तेस्रो त्रैमाससम्ममा सोल्टी होटलको नाफा ११ प्रतिशत बढ्यो, अन्य सुचक कस्तो ?

तेस्रो त्रैमाससम्ममा सोल्टी होटलको नाफा ११ प्रतिशत बढ्यो, अन्य सुचक कस्तो ?

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • तेस्रो त्रैमाससम्ममा सोल्टी होटलको नाफा ११ प्रतिशत बढ्यो, अन्य सुचक कस्तो ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तेु्रो त्रैमाससम्ममा सोल्टी होटल लिमिटेडले ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा कम्पनीले ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीको नाफा गत आवको यसै अवधिको तुलनामा ११ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा यस्तो नाफा ३७ करोड ११ लाख रुपैयाँ थियो ।

    कम्पनीको नाफा बढेसंगै कुल आम्दानी पनि बढेको छ । गत आवको तेस्रो त्रैमासमा कुल आम्दानी १ अर्ब ५० करोड रहेकोमा अहिलेको सोही अवधिमा १ अर्ब ६८ करोड छ । पर्यटकीय व्यवसायिक गतिविधिमा आएको सुधारले आम्दानी बढेको कम्पनीले वित्तीय विवरणमा प्रष्ट पारेको छ ।

    कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो ।

    चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा होटलको १ अर्ब ३५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटलको यस्तो आम्दानी १ अर्ब ३ करोड थियो । कम्पनीको चुक्तापूँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

    अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी ४ रुपैयाँ २० पैसा थियो । त्यस्तै प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ५८ पैसा छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ४६१ रुपैयाँ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार