images
images

सेल्सवेरीको नयाँ शाखा महाराजगञ्जमा, शाखाको संख्या ३३ पुग्यो

सेल्सवेरीको नयाँ शाखा महाराजगञ्जमा, शाखाको संख्या ३३ पुग्यो

शुक्रवार, बैशाख २१ २०८१
शुक्रवार, बैशाख २१ २०८१
  • सेल्सवेरीको नयाँ शाखा महाराजगञ्जमा, शाखाको संख्या ३३ पुग्यो
    images
    images

    काठमाडौँ / विगत १० वर्षदेखि सेल्सवेरी ब्राण्ड संचालन गर्दै आइरहेको सेलवेज क्यास एण्ड क्यारी प्रा.ली.ले आफ्नो महाराजगञ्जमा नयाँ शाखा खोलेको छ।

    कम्पनीले बिहीबार काठमाडौंको महाराजगञ्जमा नयाँ शाखाको उद्घाटन गरेको हो। महाराजगञ्जमा रहेको सेल्सवेरीको भवन अन्तर्राष्ट्रिय स्तरको रहेकोले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने प्रा.ली.ले जनाएको छ।

    यसका साथै प्रालीले शुक्रबार कालिमाटी ट्रेड सेन्टरमा नयाँ शाखाको उद्घाटन गरेको छ।  योसँगै प्रालीले हालसम्म  सञ्चालमा ल्याउने शाखाको संख्या ३३ पुगेको छ।

    प्रालीका अनुसार उक्त भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिङ् पुल र रेष्टुरेण्टसहित स्वदेशी एवम् अन्तर्राष्ट्रिय गुणस्तरिय सामानहरु उपलब्ध रहेका छन्। भवनमा ४ तलामा बेसमेन्ट पार्किङ रहेको छ। भुई तल्लादेखि छैठौं तल्लासम्म डिपार्टमेण्टल स्टोर संचालन हुनेछ।

    सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरू रहनेछन्। नवौं, दसौं तथा एघारौं तल्लामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवा, सुविधा सहितको रेष्टुरेण्ट एवम् बार संचालन हुनेछ। बाह्रौं तल्लामा स्वीमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफी लाउन्ज तथा इभेन्ट सेन्टर संचालन हुनेछ। उक्त भवनको तेह्रौं तल्लामा भ्यू टावर रहेको र त्यहा बाट काठमाडौं उपत्यका ३६० डिग्रिमा दृस्यावलोकन गर्न सकिनेछ।

    उक्त भवनमा सेल्सवेरी ब्राण्डमार्फत् चेन डिपार्टमेण्टल स्टोरको रूपमा संचालनमा आउँदा स्वदेशी तथा विदेशी पर्यटकहरूको लागिसमेत उत्कृष्ट सपिङ डेस्टीनेशन हुने विश्वास लिएको प्रालीले जनाएको छ।

    महाराजगञ्जको सेल्सवेरी टावर तथा कालिमाटी ट्रेड सेन्टरको  उद्घाटनको उपलक्ष्यमा कम्पनीले ग्राहकहरुको लागि लक्कि ड्र योजना ल्याएको छ।

    विजेतालाई बम्पर पुरस्कारको रुपमा एमजी कोमीट इभी पीस ईलेक्ट्रिक कार र प्रथम पुरस्कार बापत सेगवे नाइनबेट इ  १०० स्कुटर तथा अन्य आकर्षक पुरस्कारहरू रहेको छन्।

    साथै, कम्पनीले यसै आर्थिक वर्षको अन्त्य सम्ममा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरू संचालन गर्न गइरहेको एवम् हरेक वर्ष सानो, मध्यम तथा ठूलो स्तरको १०-१५ वटासम्म शाखा संचालन विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

    गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवालाई आफ्नो मूलमन्त्र बनाई विगत ३० वर्षदेखि चेन डिपार्टमेण्टल स्टोरका रूपमा संचालित सेलवेज ग्रुपअन्तर्गत रही सेलवेज क्यास एण्ड क्यारी प्रालीले सन २०२६ सम्म १०० वटा शाखा विस्तार गर्ने जनाएको छ। कम्पनीक अनुसार १०० शाखा विस्तार हुँदा २ हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी सृजना हुनेछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार