images
images

मेरोअटो मोटर र्‍यालीको चौथो संस्करण वैशाख २१ र २२ गते

मेरोअटो मोटर र्‍यालीको चौथो संस्करण वैशाख २१ र २२ गते

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • मेरोअटो मोटर र्‍यालीको चौथो संस्करण वैशाख २१ र २२ गते

    काठमाडौँ / मेरोअटो मोटर र्‍यालीको चौथो संस्करण यही वैशाख २१ र २२ गते आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको मोटर  र्‍याली यस वर्ष काठमाडौंदेखि चितवनको सौराहसम्म हुने भएको हो । 

    images
    images
    images
    images

    र्‍यालीको फ्यागअफ नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले गर्ने छन् । शुक्रबार बिहान ८ बजे ललितपुरको कुपण्डोलबाट सुरु हुने र्‍याली बल्खु, दक्षिणकाली, सिस्नेरी, हेटौँडा हुँदै सौराहाको होटल मोनालिसामा पुग्नेछ । शनिबार सौराहामा एक कार्यक्रमका बीच र्‍यालीको समापन गरिने छ ।

    र्‍यालीमा ५० बढी कारमा अटोमोबाइल, बैंकिङ, इन्स्योरेन्स लगायत विभिन्न क्षेत्रका १०० बढी व्यक्ति सहभागी हुनेछन् ।

    र्‍यालीका संयोजक उज्वल घिमिरेले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने, सडक सुरक्षा सम्बन्धी सचेतना बढाउने, अटो क्षेत्रको व्यावसायिक नेटवर्क विस्तार गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको बताए ।

    ‘आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने, हाइवे ड्राइभिङ बारेमा सचेतना जगाउने उद्देश्यले हामीले विगत ४ वषदेखि मेरोअटो मोटर र्‍याली आयोजना गर्दै आएका छौँ,’ उनले भने ‘यस वर्ष पनि हामीले त्यसैलाई निरन्तरता दिएका हौं ।’ मोटर र्‍यालीको सबै तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

    र्‍यालीको प्रायोजकमा साइमेक्स इंक (बीवाइडी), लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई) र पारामाउन्ट मोटर्स (एमजी) रहेका छन् । त्यस्तै, सपोटरहरूमा टाटा टियागो इभी, सीजी मोटर्स, दिपल, ग्लोबल आइएमई बैङ्क, ओमोडा, फेसियल हाउस, टोयोटा, मेगा बिजनेश ग्रुप रहेका छन् ।

    त्यसैगरी, बैङ्किङ पार्टनरमा सिटिजन्स बैङ्क, इन्स्योरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), लिकर पार्टनर नेप्से बुल, बेभरेज पार्टनरमा हिमालयन प्रिमियम बियर, फूड पार्टनर फूडमाण्डू, इन्टरटेनमेन्ट पार्टनर आइएनआइ सिनेमा, ल्युब पार्टनर नेपाल ल्युब आयल, हस्पिटालिटी पार्टनर होटल मोनालिसा (सौराहा) रहेका छन् ।
     
    मेरो अटोले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष वैशाखमा मोटर र्‍याली आयोजना गर्दै आएको छ । पहिलो संस्करण (२०७८) काठमाडौँ–सुकुटे, दोस्रो संस्करण (२०७९) काठमाडौँ–मूलकोट र तेस्रो संस्करण (२०८०) काठमाडौँ–नुवाकोट सम्पन्न भएको थियो ।
     
    ‘र्‍यालीलाई स्वागत गर्न तयार छौँ’
     
    र्‍यालीको हस्पिटालिटी पाटर्नर होटल मोनालिसा, सौराहाले र्‍यालीका सहभागीहरूलाई सत्कार गर्न आफू उत्साहित रहेको बताएको छ । होटलका ग्रुप जनरल म्यानेजर कुमार कोइरालाले पर्यटकीय नगरी सौराहामा ¥याली गर्न लागेकोमा आयोजकलाई धन्यवाद दिए ।
     
    ‘मेरोअटोले मोटर र्‍यालीमार्फत पर्यटन प्रबर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यो वर्ष चितवन रोजेकोमा हामी अत्यन्तै खुसी छौं,’ उनले भने, ‘र्‍यालीमा सहभागीलाई आतिथ्य सत्कारका लागि मोनालिसालाई अवसर दिएकोमा मेरोअटोप्रति आभारी छु ।’  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार