images
images

नेपालको पहिलो ओइएम ब्राण्ड सिजीले बजारमा ल्यायो ‘बिएलडिसि सिलिङ्ग फ्यान’, ४३ प्रतिशत बिद्युत बचत गर्ने दावी

नेपालको पहिलो ओइएम ब्राण्ड सिजीले बजारमा ल्यायो ‘बिएलडिसि सिलिङ्ग फ्यान’, ४३ प्रतिशत बिद्युत बचत गर्ने दावी

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • नेपालको पहिलो ओइएम ब्राण्ड सिजीले बजारमा ल्यायो ‘बिएलडिसि सिलिङ्ग फ्यान’,  ४३ प्रतिशत बिद्युत बचत गर्ने दावी
    images
    images

    काठमाडौँ / नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बिएलडिसि सिलिङ्ग फ्यान पहिलो पटक बजारमा ल्याएको छ । ‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे’ भन्ने नाराको साथ कम्पनीले उक्त फ्यान बजारमा ल्याएको हो । 

    सो सिलिङ्ग फ्यान प्रयोग गर्दा  परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युत बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रवृत्ति यस फ्यानमा रहेको कम्पनीले दावी गरेको छ । 

    उक्त सिलिङ्ग फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बिएलडिसि टेक्नेलोजी रहेको छ, साथै रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ ।  

    नेपालमा त्यही पनि तराई जस्तो ठाउमा बिजुलीको भोल्ट कहिले कम र कहिले बडी आउने गर्दछ । यस्तो अबस्थामा फ्यान पनि सोहि अनुसार धुम्ने गर्दछ । यहि अबस्थालाई मध्यनजर गरी यो सिलिङ्ग फ्यान ल्याइएको हो । यो फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तिव्र गतिमै घुम्ने उच्च प्रवृत्तिको फ्यान रहेको छ ।  

    रिमोटको सुबिधा युक्त यो सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ बर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ ।  नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार