images
images

मधेस, लुम्बनी र कोशीमा हावाहुरीको सम्भावना, गण्डकी, कर्णाली र सुदुरपश्चिममा बर्षाको सम्भावना

मधेस, लुम्बनी र कोशीमा हावाहुरीको सम्भावना, गण्डकी, कर्णाली र सुदुरपश्चिममा बर्षाको सम्भावना

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • मधेस, लुम्बनी र कोशीमा हावाहुरीको सम्भावना, गण्डकी, कर्णाली र सुदुरपश्चिममा बर्षाको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। 

    images
    images

    सोमबार गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। मधेस प्रदेशको तराई भूभागका केहि स्थानहरूमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
     
    मङ्गलबार गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। मधेस र कोशी प्रदेशको केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

    बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकि भूभागमा मौसम मुख्यतया सफा रहने छ । देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। देशको तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    मधेस प्रदेशको तराई भूभागका केहि स्थानहरुमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार