images
images

प्रभु बैङ्क र एनसीएचएलबिच अन्तर्देशीय कारोबार क्रस बोर्डरसम्बन्धी सम्झौता

प्रभु बैङ्क र एनसीएचएलबिच अन्तर्देशीय कारोबार क्रस बोर्डरसम्बन्धी सम्झौता

बुधवार, चैत २८ २०८०
बुधवार, चैत २८ २०८०
  • प्रभु बैङ्क र एनसीएचएलबिच अन्तर्देशीय कारोबार क्रस बोर्डरसम्बन्धी सम्झौता

    काठमाडौँ / प्रभु बैङ्क लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बिच अन्दर्देशीय भुक्तानी सहजीकरणसम्बन्धी सम्झौता भएको छ । बैङ्कले मङ्गलबार एक कार्यक्रमकाबिच एनसीएचएलसँग नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो । 

    images
    images

    उक्त सम्झौतामा प्रभु बैङ्कका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । 

    बैङ्क र एनसिएचएलबिच भएको उक्त सम्झौता बमोजिम अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरूले राष्ट्र बैङ्कद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैङ्कमा खोलिएको कुनै पनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नो खातामा सिधैँ रकम पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ ।

    त्यस्तै, राष्ट्र बैङ्कले तोकेको सीमाभित्र रहेर दैनिक रूपमा १५ हजार भारतीय रुपैयाँ र मासिक १ लाख रुपैयाँसम्म भारतीय रुपैयाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने विश्वास रहेको बैङ्कले जनाएको छ । 

    यसैगरी भारतमा रहेका नेपाली नागरिकहरूले पनि यूपीआई ईनेबल्ड एपहरू प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैङ्कको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधैन् रकम पठाउन सक्ने व्यवस्था समेत मिलाईएको छ । 

    हाललाई भने भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैङ्कमा खोलेको खाताबाट प्रति कारोबार २ लाख भारतीय रुपैयाँसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरी आफुलाई पायक पर्ने भारतीय बैङ्कबाट प्रति कारोवार ५० हजारसम्म भारतीय रुपैयाँ पठाउन सक्ने व्यवस्था रहेको छ । 

    यो अन्तर्देशीय विद्यूतीय भुक्तानी सेवामा आबद्ध ग्राहकहरूले नेपाल तथा भारतीय नियामक निकायद्वारा तोकिएको सीमा बमोजिमको रकम सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी अधिकतम् लाभ उठाउनु हुनेछ भन्ने बैङ्कले विश्वास लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार