काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज मङ्गलबारको विदशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरोको भाउ घटेको छ । यसअघि एकको खरिदमा १३२ रुपैयाँ ९८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५८ पैसा तोकिएको छ अमेरिकी डलरको भाउ बढेर आज खरिदमा १३३ रुपैयाँ ०१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६१ पैसा पुगेको छ।
यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ०१ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ६६ पैसा पर्नेछ । यसअघि युरो १४४ रुपैयाँ ११ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको थियो । अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ८८ पैसा तोकिएकोमा आज बढेर खरिदमा ८७ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८८ रुपैयाँ २ पैसा पर्नेछ ।
यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ । त्यस्तै, कतारी रियाल खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा र कुवेती दिनार एकको खरिद दर ४३२ रुपैयाँ ४७ पैसा र बिक्री दर ४३४ रुपैयाँ ४२ पैसा पर्नेछ ।
विस्तृतमा हेर्नुस्