images
images

मौसम पूर्वानुमान : आगामी आइतबारसम्मको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान : आगामी आइतबारसम्मको मौसम कस्तो रहला ?

शुक्रवार, चैत २३ २०८०
शुक्रवार, चैत २३ २०८०
  • मौसम पूर्वानुमान : आगामी आइतबारसम्मको मौसम कस्तो रहला ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक बदलीदेखि साधारणतया बदली रहेको छ।

    images
    images

    आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै बाँकी पहाडी भूभागका एक-दुई स्थानमा  मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका  थोरै स्थानहरुमा र बाँकीउच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    शनिबार गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको केही स्थानहरु र बाँकी पहाडी भुभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आइतबार देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। 

    कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको केही स्थानहरु र बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बर्षा र हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार