images
images

आगामी शुक्रबारसम्म देशभरको मौसम कस्तो रहला ?

आगामी शुक्रबारसम्म देशभरको मौसम कस्तो रहला ?

बुधवार, चैत २१ २०८०
बुधवार, चैत २१ २०८०
  • आगामी शुक्रबारसम्म देशभरको मौसम कस्तो रहला ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

    images
    images

    बुधबार सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ।

    कोशी,बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बिहीबार  कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरु साथै कोशी, बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    शुक्रबार  गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा  मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार