काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज मङ्गलबार अमेरिकी डलरको भाउ स्थिर हूँदा युरोको भाउ भने सामान्य घटेको छ । अमेरिकी डलर आज पनि एकको खरिदमा १३३ रुपैयाँ १५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७५ पैसा तोकिएको छ ।
यसैगरी युरोपियन युरो घटेर बिक्री मूल्य १४४ रुपैयाँ २३ पैसामा झरेको छ भने खरिद मूल्य १४३ रुपैयाँ ५८ पैसा कायम भएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ १७ पैसा पर्नेछ । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५० पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
यसैगरी, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९१ पैसा र कुवेती रियाल एकको खरिदमा ४३२ रुपैयाँ ८४ पैसा र बिक्रीमा ४३४ रुपैयाँ ७९ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्