images
images

वीवाईडीले पार गर्‍यो ७० लाख विद्युतीय सवारी उत्पादनको ‘माइलस्टोन’

वीवाईडीले पार गर्‍यो ७० लाख विद्युतीय सवारी उत्पादनको ‘माइलस्टोन’

बुधवार, चैत १४ २०८०
बुधवार, चैत १४ २०८०
  • वीवाईडीले पार गर्‍यो ७० लाख विद्युतीय सवारी उत्पादनको ‘माइलस्टोन’
    images
    images

    एजेन्सी / चीनको विद्युतीय सवारी निर्माता वीवाईडीले ७० लाख वटा विद्युतीय सवारी उत्पादन गरेको छ ।  चिनियाँ विद्युतीय सवारी र ब्याट्री निर्माता वीवाईडीले ७० लाख वटा विद्युतीय सवारी उत्पादन गरेको हो ।

    कम्पनीका अनुसार विश्वमा ७० लाख वटा विद्युतीय सवारी उत्पादन गर्ने वीवाईडी पहिलो हो । कम्पनीले ‘डेञ्जा एन ७’ नामक ७ मिलियन औँ विद्युतीय सवारी उत्पादन गर्दै जीनान फ्याक्ट्रीबाट सार्वजनिक गरेको हो ।

    वीवाईडी पहिलो पटक सन २०२१ को मे महिनामा १ मिलियन वटा विद्युतीय सवारी उत्पादन गर्ने कम्पनी बनेको थियो । यसपछि यसको १८ महिना भित्रमा कम्पनी ५ मिलियन विद्युतीय सवारी उत्पादन गर्ने पहिलो कम्पनी बनेको थियो ।

    ५ मिलियन विद्युतीय सवारी उत्पादन गर्ने कीर्तिमान कायम गरेको ९ महिनापछि नै ७ मिलियनको ‘माइलस्टोन’ पार गरेको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०२३ मा नै विश्वव्यापीरुपमा ३ मिलियनभन्दा बढी विद्युतीय सवारीको बिक्री गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार