images
images

भ्रष्टाचार मुद्दामा लिखु तामाकोशीका पूर्वअध्यक्ष खड्कासहित छ जना दोषी ठहर

भ्रष्टाचार मुद्दामा लिखु तामाकोशीका पूर्वअध्यक्ष खड्कासहित छ जना दोषी ठहर

बुधवार, चैत १४ २०८०
बुधवार, चैत १४ २०८०
  • भ्रष्टाचार मुद्दामा लिखु तामाकोशीका पूर्वअध्यक्ष खड्कासहित छ जना दोषी ठहर

    काठमाडौँ / विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै पूर्व अध्यक्ष खड्का सहित २७ जनालाई मुद्दा चलाएकामा छ जना दोषी ठहर भएका र अन्य २१ जनाले सफाइ पाएको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ताधनबहादुर कार्कीले जानकारी दिए ।

    उनका अनुसार पूर्वअध्यक्ष खड्कासहित राजुप्रसाद न्यौपाने, टङकप्रसाद चौलागाईँ, दुर्गाबहादुर तामाङ, नोर्बु लामा तथा पाइक कन्ट्रकसनका सञ्चालक अमृतबहादुर तामाङलाई अदालतले दोषी ठहर गरेको हो । पूर्वअध्यक्ष खड्कालाई रु एक करोड ९९ लाख जरिवाना र छ महिना कैद सजाय सुनाइएको छ ।  

    यसैगरी न्यौपाने र चौलागाईंको एकमा जनही तीन महिना कैद र रु ६३ लाख जरिवाना तथा तामाङ र लामाको हकमा जनही तीन महिना कैद तथा रु ३१ लाख जरिवाना हुने भएको उपरजिस्ट्रार एवं प्रवक्ता कार्कीले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार