images
images

भ्रष्टाचार गरेको अभियोगमा विराटनगरका तत्कालिन भन्सार प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार गरेको अभियोगमा विराटनगरका तत्कालिन भन्सार प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

बुधवार, चैत १४ २०८०
बुधवार, चैत १४ २०८०
  • भ्रष्टाचार गरेको अभियोगमा विराटनगरका तत्कालिन भन्सार प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर
    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटालगायतका व्यक्तिहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
     
    देव इन्टरनेशन प्रालि उपर राजस्व चुहावट, सरकारी कागजातको नोक्सानी एवं गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । 
     
    आयोगले भन्सार प्रमुख सापकोटा र भन्सार अधिकृत नकुल शर्मा विरुद्ध रु ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो दाबी गरेको छ । 
     
    यस्तै देव इन्टरनेशन प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेण्टका प्रतिनिधि सरनकुमार खरेलविरुद्ध रु ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो दाबी गरिएको छ । 
     
    आयोगले उनीहरूविरुद्ध बिगो बमोजिम कारबाहीको माग गरी मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार