images
images

‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’ लाई भारतको समर्थन छ- भारतीय प्रधानमन्त्री मोदी

‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’ लाई भारतको समर्थन छ- भारतीय प्रधानमन्त्री मोदी

शुक्रवार, चैत ९ २०८०
शुक्रवार, चैत ९ २०८०
  • ‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’ लाई भारतको समर्थन छ- भारतीय प्रधानमन्त्री मोदी
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भुटान भ्रमणका क्रममा भारत र भुटानको लक्ष्य समान रहेको बताएका छन् । उनले ‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’ (बिबी) दुवैलाई सफल पार्न भारतले हरेक पाइलामा सहयोग गर्ने आश्वासन दिए । 
     
    तासिछो जोङ दरबारमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले सन् २०१४ मा भारतको प्रधानमन्त्रीका रूपमा भुटानको पहिलो भ्रमणको स्मरण गरे । 
     
    “भुटान र भारतको सम्बन्ध जति पुरानो छ, त्यति नै नयाँ पनि छ । सन् २०१४ मा प्रधानमन्त्री भएपछि भुटान मैले भ्रमण गरेको पहिलो विदेश थियो । दश वर्ष पहिले म यस देशमा आउँदा पाएको न्यानो स्वागतलाई सम्झन्छु”, उनले भने । 
     
    भुटानलाई भारतको समर्थन रहेको पुष्टि गर्दै उनले भने, “भारत र भुटानका युवाहरूको आकाङ्क्षा र लक्ष्यहरू समान छन् । भारतले सन् २०४७ सम्ममा विकसित देश बन्ने लक्ष्य राखेको छ भने भुटानले २०२४ सम्ममा उच्च आय भएको देश बन्ने लक्ष्य राखेको छ । यहाँहरूको यो लक्ष्य पूरा गर्न बिबी अर्थात ब्रान्ड भुटान र भुटान बिलिभ दुवैलाई सफल बनाउन भारतले हरेक पाइलामा सहयोग गर्नेछ ।” 
     
    “एक अर्ब ४० करोड भारतीयलाई भुटानका मानिस आफ्ना देशका परिवारका सदस्य हुन् भन्ने थाहा छ । भुटानका मानिसहरूलाई पनि थाहा छ कि भारत उनीहको परिवार हो । भारत र भुटानबीचको सम्बन्ध अटुट छ । हाम्रो मित्रता, सम्बन्ध र विश्वास अटुट छ”, दुई राष्ट्रका जनताबीचको सम्बन्धलाई जोड दिँदै प्रधानमन्त्री मोदीले भने । 
     
    आफूलाई हिमाली देशको सर्वोच्च सम्मान ’अर्डर अफ द ड्रुक’ प्रदान गरेकामा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकलाई धन्यवाद दिए। उनी यो सम्मान प्राप्त गर्ने प्रथम विदेशी सरकार प्रमुख हुन् ।
     
    “आज मेरा लागि एक भारतीयका रूपमा ठूलो दिन हो । यहाँले मलाई भुटानको सर्वोच्च राष्ट्रिय अवार्डले सम्मान गर्नुभयो । हरेक अवार्ड आफैँमा विशेष हुन्छ, तर जब अर्को देशबाट अवार्ड प्राप्त हुन्छ त्यसले दुवै देशबीचको सम्बन्ध सही दिशामा बढिरहेका छ भन्ने आत्मविश्वासलाई बलियो बनाउँछ । यो मेरो व्यक्तिगत उपलब्धि होइन, यो भारत र एक अर्ब ४० करोड भारतीयको उपलब्धि हो । म भुटानको यस महान भूमिमा सबै भारतीयको तर्फबाट यो सम्मानलाई विनम्रतापूर्वक स्वीकार गर्दछु र यस सम्मानका लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु”, उनले भने । 
     
    यसअघि प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकसँग थिम्पुस्थित तासिछो जोङ दरबारमा भेटवार्ता गरेका थिए । उनी भुटानी राजाको उपस्थितिमा तेन्द्रेलथाङ महोत्सव मैदानमा आयोजित सांस्कृतिक कार्यक्रममा पनि सहभागी भएका थिए। 
     
    प्रधानमन्त्री मोदीले आफ्ना भुटानी समकक्षी छिरिङ तोब्गेसँग पनि भेट गरी द्विपक्षीय सम्बन्धको समीक्षा गरेका थिए। दुई नेताले भारत र भुटानबीचको बहुआयामिक साझेदारीलाई अझ सुदृढ पार्ने प्रतिबद्धता गरे ।
     
    विदेश मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार प्रधानमन्त्री मोदी र तोब्गेले भेटमा बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरुमा छलफल र नवीकरणीय ऊर्जा, कृषि, वन, वातावरण र पर्यटनजस्ता क्षेत्रमा सहकार्य बढाउने समझदारी गरे ।
     
    प्रधानमन्त्री मोदीले थिम्पुको होटलबाहिर उनलाई स्वागत गर्न बसेका भुटानमा रहेका भारतीय मूलका नागरिक र भुटानका स्थानीय जनतासँग पनि कुराकानी गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार