images
images

निसीखोला बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भिर

निसीखोला बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भिर

मंगलवार, चैत ६ २०८०
मंगलवार, चैत ६ २०८०
  • निसीखोला बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भिर

    ढोरपाटन / बागलुङको निसीखोला दुर्घटनामा परी घाइते भएका २५ जनालाई धौलागिरि अस्पताल बागलुङमा पठाइएको छ ।

    images
    images

    पूर्वी रुकुमदेखि काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ सवा ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

    बागलुङमा भएको बस दुर्घटनामा आठजनाको मृत्यु भएको छ । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । 

    उनका अनुसार मृत्यु हुनेमा चार पुरुष र एक नाबालिकासहित चार महिला रहेका छन् । मृतक कसैको पनि सनाखत नभएको विकको भनाइ छ । 

    बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धौलागिरि अस्पताल बागलुङमा पठाइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा नविन्द्र ढकालले जानकारी दिए । 

    घाइतेलाई एम्बुलेन्स तथा गाडी व्यवस्थापन गरी बागलुङ पठाएको उनको भनाइ छ । बस सडकदेखि एक सय ५० मिटर तल खसेको छ । 

    प्रहरी निरीक्षक विकका अनुसार सातजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनले जानकारी दिए। 

    मृत्यु हुने अधिकांश रुकुमका रहेको हुँदा घटनास्थलमै मृत्यु भएका सातजनाको शव सङ्कलन गरी रुकुम पठाइएको उनको भनाइ छ । 

    बाटोमा मृत्यु भएकामध्ये एकजनाको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको विक बताउछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार