images
images

वीरगन्जका विद्यार्थी राजवंशीले पाए महालक्ष्मी विकास बैङ्कद्वारा प्रदान गरिने हिरा गिरी जेहेन्दार छात्रवृत्ति

वीरगन्जका विद्यार्थी राजवंशीले पाए महालक्ष्मी विकास बैङ्कद्वारा प्रदान गरिने हिरा गिरी जेहेन्दार छात्रवृत्ति

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • वीरगन्जका विद्यार्थी राजवंशीले पाए महालक्ष्मी विकास बैङ्कद्वारा प्रदान गरिने हिरा गिरी जेहेन्दार छात्रवृत्ति

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्कले कादमबरी एकेडेमी, श्रीपूर विरगन्जमा अध्यनरत छात्र जीवन राजवंशीलाई स्वर्गीय हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । 

    images
    images

    ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको सो बैङ्कले कक्षा १० अध्ययनरत राजवंशीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको हो । 

    विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैङ्कको महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैङ्कका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रूङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन् । 

    अध्यनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पु¥याउने उद्देश्यले ५० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैङ्कले जनाएको छ ।

    उक्त कार्यक्रममा बोल्दै बैङ्कका सञ्चालक समितिका सदस्य रूङ्गटाले विद्यार्थीहरू देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गरे । 

    आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पु-याउने कुरा जानकारी गराउदै बैङ्कले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे । 

    आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने कुरा बैङ्कले जनाएको छ । 

    विगत देखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको यस बैङ्कले आम ग्राहकहरूको बैङ्किङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार