images
images

चीनले प्रमुख राजनीतिक बैठकमा भीपीएनको प्रयोग नियन्त्रणबारे बहस

चीनले प्रमुख राजनीतिक बैठकमा भीपीएनको प्रयोग नियन्त्रणबारे बहस

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • चीनले प्रमुख राजनीतिक बैठकमा भीपीएनको प्रयोग नियन्त्रणबारे बहस

    चीनले यसै साता एक शीर्ष राजनीतिक बैठकमा इन्टरनेट प्रयोगकर्ताहरूलाई प्रतिबन्धित वेबसाइटहरूमा पहुँच प्रदान गर्ने सफ्टवेयरलाई नियन्त्रण (ब्लक) गर्ने प्रयासलाई तीव्रता दिएको सफ्टवेयरको अग्रणी प्रदायक फायरवाल–लिपिङले एएफपीसँग बताएको छ ।

    images
    images

    इन्टरनेटमा विश्वका अन्य मुलुकको तुलनामा बेइजिङले बढी नै नियन्त्रण (सेन्सरशिप) गर्ने गर्छ । चीनको मुख्यभूमि वेब प्रयोगकर्ताहरूले ‘भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगरी गुगलदेखि समाचार वेबसाइटहरूमा सबै प्रकारका पहुँच प्राप्त गर्न असमर्थ छन् ।

    भीपीएन प्रयोग र इन्टरनेट नियन्त्रण बिषयले यस हप्ता वार्षिकरूपमा आयोजना हुने ‘दुई सम्मेलन’ मा हजारौँ राजनीतिक प्रतिनिधिहरूको ध्यान केन्द्रित भएको हो  । बेइजिङमा भएका ती सम्मेलनका समय भीपीएन सफ्टवेयरले नियन्त्रणका लागि सङ्घर्ष गरिरहे पनि नियन्त्रण प्रयासले सार्थकता पाउन नसकेको देखिन्छ ।

    “अहिले चीनमा राजनीतिक भेटघाटका कारण सेन्सरसिप बढेको छ”, लिस्टेनस्टाइनबाट सञ्चालित भीपीएन सेवा एस्ट्रिलका एक प्रतिनिधिले एएफपीसँग भने, दुर्भाग्यवश, सबै भीपीएन प्रोटोकलहरू यस समयमा काम गरिरहेका छैनन् ।” 

    “हामी सबै सेवाहरूलाई सामान्य अवस्थामा फर्काउन गहन रूपमा काम गरिरहेका छौँ, तर हाल इन्टरनेट नियन्त्रणका लागि चीनमा कुनै विद्युतीय प्रणाली (ईटीए) कार्यान्वयनमा रहेको छैन ।”

    सरकारी अनुमति बिना भीपीएनजस्ता अवरुद्ध वेबसाइटहरूमा पहुँचका लागि प्रयोग गरिने भीपीएन सफ्टवेयर प्रयोगलाई चीनमा अवैध मानिन्छ । 

    राज्यका सुरक्षाकर्मी र कूटनीतिज्ञहरूलाई भने पहिले ट्वीटरका नामले ख्याति कमाएको सामाजिक सञ्जाल एक्सजस्ता प्रतिबन्धित वेबसाइटहरूमा पहुँचका लागि ती सफ्टवेयरको प्रयोगलाई अनुमति दिइएको छ ।

    सम्मेलनलाई मध्यनजर राखी बेइजिङमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा अधिकारीहरूले कुकुरसहित हातमा रातो पट्टी बाँधेका वृद्ध स्वयंसेवकहरूसँग सडकमा गस्ती गरिरहेका र शंकास्पद व्यवहारको लागि पैदल यात्रीहरूको निगरानी गरिरहेका पाइन्छ ।

    चिनियाँ सामाजिक सञ्जाल वाइबोले पनि संवेदनशील विषयहरूलाई नियन्त्रण गर्न द्रूत रूपमा काम गरिरहेको छ ।

    चिनियाँ प्रधानमन्त्रीले सम्मेलनपछि परम्परागतरूपमा आयोजना गर्ने औपचारिक पत्रकार सम्मेलन रद्द गर्ने निर्णयबारे छलफल गर्ने सबै ह्यासट्यागहरू ‘खोजीको सूची’ बाट तुरुन्तै हटाइएको थियो र अर्को ‘मध्यम वर्गका बच्चाहरूको कुनै भविष्य छैन’ भन्ने चीनको आर्थिक सङ्कटको सन्दर्भ पनि हटाइएको थियो ।

    चीनको घरेलु सञ्चार राज्य नियन्त्रित छ र सामाजिक सञ्जालको व्यापक सेन्सरशिप अक्सर नकारात्मक कथाहरू वा आलोचनात्मक कभरेज दबाउन प्रयोग गरिन्छ ।

    नियामक निकायले यसअघि पनि लगानीकर्तालाई चीनबारे विदेशी समाचार नपढ्न आग्रह गरेका थिए ।

    गत वर्ष एक भाषणमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ कम्युनिस्ट पार्टीको इन्टरनेटमाथिको नियन्त्रण ‘मजबुत’ भएको र राज्यले राष्ट्रियताका सवालमा जोखिम सिर्जना गर्ने ‘साइबर स्पेसलाई नियन्त्रण गर्नु’ महत्त्वपूर्ण रहेको बताएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार