images
images

गाजामा सामान आपूर्ति गर्ने ‘राष्ट्रसङ्घका ट्रक लुटिए’

गाजामा सामान आपूर्ति गर्ने ‘राष्ट्रसङ्घका ट्रक लुटिए’

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • images
    images
    गाजामा सामान आपूर्ति गर्ने ‘राष्ट्रसङ्घका ट्रक लुटिए’
    images
    images

    प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घको १०९ ट्रकको समूह शनिबार गाजा प्रवेश गरेपछि ‘हिंसात्मक तरिकाले लुटिएको’ प्यालेस्टिनी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार जनाएको छ ।

    images
    images

     गाजामा कार्यरत संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य निकाय (यूएनआरडब्लुए)ले सामाजिक सञ्जाल एक्समा भनेको छ, “इजरायली अधिकारीहरूले जनसङ्ख्याको आधारभूत आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न र सहायताको सुरक्षित वितरणलाई सहज बनाउन अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्नो कानुनी दायित्वलाई बेवास्ता गरिरहेका छन्। 

    ट्रकहरू गाजा पट्टीमा प्रवेश गर्ने वित्तिकै आवश्यक क्षेत्रमा वितरणका लागि पठाइने छ । शरणार्थीको बाँचन पाउने अधिकारका लागि कार्यरत निकायले जिम्मेवारीहरूलाई जारी राखिरहनेछ ।”

    आटाको चरम अभावका कारण देइर अल बलाह र खान युनिसमा संयुक्त राष्ट्रसङ्घको सहयोगप्राप्त आठवटै भण्डार हप्तौंदेखि कम क्षमतामा सञ्चालन भइरहेको र धेरै पूर्ण रूपमा बन्द गर्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

    “तत्काल हस्तक्षेप नगरेमा खाद्यान्नको गम्भीर अभाव अझ विकराल हुने निश्चित छ र यसले बाँच्नका लागि मानवीय सहायतामा निर्भर रहेका २० लाखभन्दा बढी मानिसको जीवनलाई थप खतरामा पार्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार