images
images

नाटक ‘रिफण्ड’ आजदेखि पब्लिक शोमार्फत मञ्चन, टिकट शुल्क कति ?

नाटक ‘रिफण्ड’ आजदेखि पब्लिक शोमार्फत मञ्चन, टिकट शुल्क कति ?

शनिवार, फागुन २६ २०८०
शनिवार, फागुन २६ २०८०
  • नाटक ‘रिफण्ड’ आजदेखि पब्लिक शोमार्फत मञ्चन, टिकट शुल्क कति ?
    images
    images
    गण्डकी / फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ आजदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ । 
     
    यही फागुन २८ गतेसम्म मञ्चन हुने नाटक आज दिउँसो १ बजे, आइतबार र सोमबार साँझ ५ बजे मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । 
     
    उनका अनुसार हालसम्म बुकिङ शोमार्फत १४ पटक मञ्चन भएको नाटक करिब तीन हजार दर्शकले हेरिसकेका छन् । पब्लिक शोमार्फत नाटक हेर्न दुई सय शुल्क निर्धारण गरिएको छ ।
     
    हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका थिए । 
     
    कक्षा ११ को अनिवार्य अङ्ग्रेजी विषयमा समावेश भएको ४० मिनेट अवधिको नाटकले घोकन्ते शिक्षाभन्दा व्यावहारिक र सीपमूलक शिक्षामा जोड दिएको छ । 
     
    नाटकमा रमेशबाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहित पौडेल, आदित्य सुनार, ज्योति हमाल, सुशन पौडेल र रोशनी रामदामको अभिनय हेर्न पाइन्छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको नाटकको निर्देशन पोखरा थिएटरको अध्यक्षसमेत रहेका परिवर्तले गरेका छन् ।
     
    पछिल्लो समयमा नाटकप्रति स्कुलमा अध्ययनरत विद्यार्थीको आकर्षण बढेको भन्दै थिएटरको संयोजनमा पोखराका १७ विद्यालयमा नाटकको कक्षा सञ्चालन भइरहेको थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार