images
images

युक्रेन आक्रमणको आलोचना गरेको भन्दै रुसद्वारा पत्रकारलाई कारागार चलान

युक्रेन आक्रमणको आलोचना गरेको भन्दै रुसद्वारा पत्रकारलाई कारागार चलान

बिहिवार, फागुन २४ २०८०
बिहिवार, फागुन २४ २०८०
  • युक्रेन आक्रमणको आलोचना गरेको भन्दै रुसद्वारा पत्रकारलाई कारागार चलान

    रुसको एक अदालतले सामाजिक सञ्जालमा युक्रेन आक्रमणको आलोचना गरेको आरोपमा एक पत्रकारलाई बुधबार सात वर्षको कारागार सजाय सुनाएको छ । 

    images
    images

    एकाउन्न वर्षीय रोमन इभानोभमाथि रुसको सशस्त्र बलहरूका बारेमा ‘झुटो सूचना’ आरोपमा दोषी पाइयो र मसकोको कडा सैन्य सेन्सरसिप कानूनअन्तर्गत दण्डित गरियो । 

    मस्कोले युक्रेनमाथि आफ्नो पूर्णस्तरको सैन्य आक्रमणको सार्वजनिक आलोचनालाई समाप्त पार्नका लागि सशस्त्र बलहरूलाई ‘अपमानित’ गर्ने वा ‘झुटो सूचना’ प्रकाशित गर्नेविरुद्ध कानूनहरूको प्रयोग गरेको छ । 

    सजाय सुनाइएपछि इभानोभले अदालत कक्षबाट बाहिर निस्कँदै गर्दा चिच्याउँदै भने, “शान्ति र स्वतन्त्रता ।” उनका समर्थकहरूले कराउँदै र ताली बजाउँदै भने, “हामी तपाईंसँगै छौँ, तपाईं एक्लो हुनुहुन्न ।”

    सन् २०२२ मा टेलिग्राम र भिकोन्टेक सामाजिक सञ्जाल साइटहरूमा प्रकाशित पोस्टहरूमा इभानोभले युक्रेनमा रुसको सैन्य आक्रमण र युक्रेनी सहर बुचामा उसको कार्यहरूको आलोचना गरेका थिए । उनलाई गत वर्ष पक्राउ गरिएको थियो र उनले आफू निर्दोष रहेको बताएका थिए । 

    “रुसमा पत्रकारिता अब अवस्थित छैन”, पछिल्लो सुनुवाइमा अदालतलाई दिएको अन्तिम बयानमा उनले भने, “हामीले हाम्रा चारैतिर दुःख किन बीजारोपण गरिरहेका छौँ र हाम्रो मुलुक दुःखको पहिरोमा किन परिवर्तन भएको छ भनेर हामीले स्वयंलाई सोध्नुपर्छ ।”

    इभानोभ एउटा स्थानीय सरकारी टिभी च्यानलमा काम गर्थे तर सन् २०२१ मा मस्कोको उत्तरपूर्वी सहर कारोलियोभमा कथित भ्रष्टाचार, चुनावी जालसाजी र पर्यावरणीय समस्याहरूमाथि रिपोर्ट गरेपछि उनलाई बर्खास्त गरिएको थियो ।  

    बुधबारको फैसलापछि अदालतको कक्षबाहिर बोल्दै इभानोभकी आमाले स्थानीय अधिकारीहरूले उनको रिपोर्टिङको प्रतिशोधका रूपमा उनीविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको बताइन् । “उनीअगाडि जे छ त्यो पूर्ण बनावटी हो”, अल्ला इभानोभाले भनिन्, “म लड्न जारी राख्नेछु ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार