images
images

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत दैनिक कति गर्न पाइन्छ कारोबार ?

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत दैनिक कति गर्न पाइन्छ कारोबार ?

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत दैनिक कति गर्न पाइन्छ कारोबार ?

    काठमाडौँ / प्रविधिको विकाससँगै अनलाइनमार्फत हुने कारोबार समेत वृद्धि भईरहेको छ । कारोना महामारीपछि नेपालमा पनि अनलाइनमार्फत हुने कारोबार वृद्धि भईरहेको छ । 

    images
    images

    मानिसहरु नगदको साटो अनलाइन,मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङमार्फत कारोबार गर्नतर्फ अग्रसर भईरहेका छन् ।  मोबाइल बैंकिङ वा वालेटहरूमार्फत सहजै भुक्तानी गर्न सकिने यो प्रविधि किनमेलदेखि बिल भुक्तानीका लागि लोकप्रिय छ । 

    तर मानिसहरुले आफुले चाहेजति वा अधिक मात्रामा भने यस्तो कारोबार गर्न पाउँदैनन् । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ कारोबार रकमको सीमा निर्धारण गरेको हो । जस अन्तर्गत रहेर ग्राहकहरुले कारोबार गर्न सक्छन् ।     

    केन्द्रीय बैंकले मोबाइल एप्लिकेशन (क्यूआर कोड समेत) मार्फत प्रतिदिन ३ लाख सम्मको कारोबार गर्न मिल्ने प्रावधान गरेको छ । यस्तै इन्टरनेट बैंकिङमार्फत भने प्रतिदिन २० लाखसम्मको कारोबार गर्न पाइन्छ । 

    तर कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट सोहि व्यक्तिको नाममा सोहि संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न,नेपाल सरकारको सम्बन्धीत कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजश्व,जरिवाना,सवारी दस्तु्र,रजिष्ट्रशन र सेवाशुल्क जस्ता विविध शुल्कहरु भुक्तानी गर्न,विद्युत सेवा दुरसञ्चार सेवा,खानेपानी सेवा, बीमा प्रिमियम,सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न,धितोपत्र व्यवसाय गर्न अनुमतिप्राप्त धितोपत्र दलालसँग धितोपत्र कारोबार गरेबापत तोकिएको बैंक खातामा रकम भुक्तानी गर्न र नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त तोकिए बमोजिमका विशेष भुक्तानी सेवाका लागि यो सीमा लागु नहुने राष्ट्र बैंकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार