images
images

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य :  प्रतितोला २३ हजार ५ सय रुपैयाँ पुग्यो, यस्तो छ मूल्य बढ्नुको कारण

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य :  प्रतितोला २३ हजार ५ सय रुपैयाँ पुग्यो, यस्तो छ मूल्य बढ्नुको कारण

नेपाली बजारको मागले सुनचाँदीको मूल्य घट्नु र बढ्नुमा खासै भूमिका खेल्दैन ।

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य :  प्रतितोला २३ हजार ५ सय रुपैयाँ पुग्यो, यस्तो छ मूल्य बढ्नुको कारण

    काठमाडौँ / नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५ सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला १ लाख २२ हजार ४ सय रुपैयाँ थियो ।    
     
    त्यस्तै , आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर१ हजार ४ सय ४० तोकिएको महासङ्घले जनाएको छ । 

    महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय २६ डलर आसपास कारोबार भइरहेको छ । 

    किन महँगियो सुन ?

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बृद्धि भएको कारण नेपाली बजारमा सुनचाँदीको भाउ महँगिएको हो । अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य तोकिन्छ । 

    नेपाली बजारको मागले सुनचाँदीको मूल्यमा खासै भूमिका खेल्दैन । नेपालमा रहेका सुनचाँदी व्यवसायी महासङ्घहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन् ।

    लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफलयोग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ । त्यस्तै, नेपालले डलरको आधारमा विदेशी राष्ट्रसँग व्यापार गर्ने गर्दछ । जसले गर्दा डलरको मूल्य बढ्दा सुनको मूल्य स्वतः प्रभावित हुन्छ ।

    नेपालको विदेशी मुद्रा विनिमय दरले पनि सुनको मूल्यलाई तलमाथि पारिरहेको हुन्छ। तर, हाल डलरको मूल्य भने स्थिर जस्तै छ । डलरको मूल्य बढ्दा नेपालको अर्थतन्त्र प्रभावित भए पनि विश्व बजारमा पछिल्लो समय डलरको विश्वसनीयता कम भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष मणिरत्न शाक्य बताउँछन् । 

    अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले सुन होल्ड गरेर राख्दा पनि मूल्यमा दबाव पर्छ । त्यस्तै, विश्वव्यापी मन्दीका कारण पनि मानिसहरूले सुनमा लगानी गरिरहेका छन् । साथै, मूल्यवृद्धि र विश्वभरका केन्द्रीय बैङ्कहरूले सञ्चितीका लागि सुन खरिद गर्दा मूल्य प्रभावित भएको हो ।

    अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । सुनको माग र आपूर्तिलाई भने धेरै विषयले असर पार्छ । अमेरिकासहित शक्तिशाली मुलुकहरुको ब्याजदर घटबढ, ती मुलुकको स्टक मार्केट घटबट, बिजनेस विस्तार तथा रोजगारी घटबढ, ती मुलुकको अर्थतन्त्र चलायमान र अन्तर्राष्ट्रिय द्वन्द्व हुन्।

    महासङ्घका पूर्व अध्यक्ष शाक्य यतिबेला यिनै अधिकांश विषयका कारण सुनको मूल्य बढेको व्यवसायीहरू बताउँछन् । उनका अनुसार अहिले यी सबै अवस्थाले प्रभाव पारेको छ, जसले गर्दा मूल्यले नयाँ रेकर्ड बनाउँदै अघि बढ्ने अनुमान गर्न थालिएको छ ।

    अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ बैङ्क)ले सन्दर्भ ब्याजदर घटाउने खुलासा गरिसकेको छ, जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य धेरै बढेको नेपाली बजार प्रभावित भएको उनले बताए । 

    हाल फेडरल रिजर्भ बैङ्कले सन्दर्भ ब्याजदर न्यूनतम ५.२५ देखि अधिकतम ५.५० सम्मको सीमा तोकेको छ । जुन दर २३ वर्षयताकै उच्च हो । 

    उपभोक्ता मूल्यवृद्धि २ प्रतिशतमा झार्ने रणनीतिअनुसार बैङ्कले बढाएको ब्याजले अर्थपूर्ण रुपमा काम गरिरहेको छ । हाल मूल्यवृद्धि दर ३ प्रतिशतनजिक झरेकाले बैङ्कले ब्याजदर घटाउने जनाइसकेको छ ।

    उनका अनुसार जब अमेरिकी केन्द्रीय बैङ्कले ब्याज घटाउँदै जान्छ, त्यसले सुनतिर लगानी मोडिन जान्छ र माग बढ्न जान्छ । त्यस्तै अन्तर्राष्ट्रिय व्यावसायिक विस्तारको क्रम साँघुरिएको र लगानी सुरक्षाका लागि सुन छनोटमा परेको उनले बताए । 

    “विश्वव्यापी मन्दीका कारण अहिले उद्योगधन्दाहरूमा गरिएको लगानी सङ्कटमा छ । उनीहरूले सुनमा लगानी बढाउन थाले । सुरक्षाका लागि सुन किनेर होल्ड भइरहेको छ,” उनले भने, “विश्वमा बरोजगारहरूको तथ्याङ्क बृद्धि हुँदै गएपछि उनीहरूको क्रय शक्ति कम भयो । जसले गर्दा उद्योगहरूको व्यापारमा गिरावट आयो र सुनमा लगानी र आकर्षण बढ्यो ।”

    “प्यालेस्टाइन र इजरायलको युद्ध अन्त्य भएको छैन । युक्रेन र रसियाको युद्धको असर र अमेरिका र चाइनाको व्यापारमा सुधार हुन सकेको छैन । विश्वका धेरै मुलुकको आर्थिक वृद्धिदर खुम्चिएको अवस्था छ, विभिन्न प्रक्षेपणले पनि तत्काल सुधार हुने आधार देखाएका छैनन्, त्यसले गर्दा व्यवसाय विस्तारभन्दा पनि लगानी सुरक्षाका लागि अहिले सुन धेरैको रोजाइ बनेको छ,” उनले भने । 

    विश्वव्यापी घट्नाक्रमहरूको आधारमा यो बर्षको अन्त्यसम्म सुनचाँदीको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँसम्म पुग्न सक्ने उनको अनुमान छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार