काठमाडौँ / म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यही मार्चमा आफ्नो ७औं वार्षिकोत्सव मनाउने बताएको छ।
७ वर्षदेखि फेयरफिल्ड काठमाडौँले नेपालको पर्यटन क्षेत्रकै समग्र आथित्यता सेवाको स्तरवृद्धि गर्न सफल भएको दाबी गरेको छ।
फेयरफिल्ड काठमाडौंमा आथित्य सेवाका लागि ३ रेष्टुराँ छन्। अल डे डाईनिङ रेष्टुराँ काभा, जापानीज रेष्टुराँ काकु काकु सिका जिका र मेडिटेरिअन ओचो स्काई लाउन्ज खानाको उत्कृष्ट स्वादसहित आथित्यता दिँदै आएका होटेलले बताएको छ।
काभामा नेपाली, ईन्डियन र वेष्टर्न खानाहरु पस्किने गरिएको छ भने काकु काकु सिका जिकामा सुसी रोल, टेपनयाकीलगायत प्रसिद्ध जापानी खाना पाइन्छन्। ओचो स्काई लाउन्जमा इटालियन र स्पेनिस खाना पाइने होटेलको भनाइ छ। यद्यपि कुनै पनि रेष्टुराँमा बसेर कुनै पनि मेन्युबाट खानाको अर्डर गर्न सकिने होटेलले बताएको छ।
ठमेलमा रहेको फेयरफिल्डबाट काठमाडौँ दरबार स्क्वायर १० मिनेटको दुरीमा पर्छ भने दरबारमार्ग ५ मिनेटभन्दा कमको पैदल यात्रामा पुग्न सकिन्छ।
‘विश्व प्रसिद्ध होटल ब्राण्ड म्यारिअट बोनभोईको अनुपम आथित्यता र लक्जिरी अनुभूति गर्न चाहने स्वदेशी तथा विदेशी पाहुनालाई आफ्नो सात बर्से यात्रा सफल बनाइदिएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं,’ काठमाडौं म्यारिअट होटल तथा फेयरफिल्ड काठमाडौंका क्लस्टर डाइरेक्टर सेल्स एन्ड मार्केटिङ वरुण कमराले भने, ‘यहाँहरूको साथ र सहयोगबिना यो सफलता सम्भव थिएन।’ आगामी दिनमा होटेलका सेवा तथा सुविधा थप विस्तार गर्दै अघि बढ्ने उनको भनाइ छ।