images
images

महिला क्रिकेट खेलाडीलाई विमास्थलमा भव्य स्वागत, क्यानले जनही २ लाख ५० हजार पुरस्कार दिने

महिला क्रिकेट खेलाडीलाई विमास्थलमा भव्य स्वागत, क्यानले जनही २ लाख ५० हजार पुरस्कार दिने

बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • महिला क्रिकेट खेलाडीलाई विमास्थलमा भव्य स्वागत, क्यानले जनही २ लाख ५० हजार पुरस्कार दिने
    images
    images
    आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली यू–१९ टोलीलाई भव्य स्वागत गरिएको छ। 
     
    बिहिवार साझ स्वदेश फर्किएको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
     
    नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यु–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा पनि गरिसकेको छ ।
     
     
    टिममा समावेश अफिसियलहरूलाई भने जनही रु एक लाख ५० हजार पुरस्कारबाट सम्मान गरिने छ । 
     
    संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली युएईमाथि आठ विकेटको जीत निकाल्दै नेपालले पहिलो पटक यु–१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । 
     
    नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो । 
     
    त्यस्तै, युएईले पनि समान खेलबाट समान १० अङ्क जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो । 
     
    यु–१९ विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ। 
     
    विश्वकपका साथै नेपाल यु–१९ एसिया कपका लागि पनि छनोट भएको छ।
     
    एसिसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यु–१९ महिला एसिया कपका लागि पनि नेपाल छनोट भएको हो । 
     
    यु–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन्  । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार