काठमाडौँ / शुक्रबार घटेर कारोबार भएको अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ आज बढेको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलरको खरिदमा १३२ रुपैयाँ ४१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ०१ पैसा तोकिएको छ ।
यसअघि अमेरिकी डलरको भाउ एकको खरिदमा १३२ रुपैयाँ २५ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८५ पैसा रहेको थियो।
यता, युरोपियन युरोको भाउ भने घटेको छ । यसअघि एकको १४३ रुपैयाँ ४८ पैसा र बिक्रीमा १४४ रुपैयाँ १४ पैसा रहेकोमा आज घटेर खरिदमा १४३ रुपैयाँ ४० पैसा र बिक्रीमा १४४ रुपैयाँ ५ पैसा कायम भएको छ।
त्यस्तै, अष्ट्रेलियन डलरको भाउ पनि घटेको छ । यसअघि बढेर खरिदमा ८७ रुपैयाँ ४ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४४ पैसा पुगेको अष्ट्रेलियन डलर आज घटेर खरिदमा ८६ रुपैयाँ ९४ पैसा र बिक्रीमा ८७ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
जापानिज येन घटेर १० को खरिद दर ८ रुपैयाँ ७९ पैसा र बिक्री दर ८ रुपैयाँ ८३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३० पैसा र बिक्रीमा ३५ रुपैयाँ ४६ पैसा पर्नेछ ।
त्यस्तै, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३१ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४७ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २७ रुपैयाँ ७२ पैसा र बिक्रीमा २७ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ९५ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिद दर ४३० रुपैयाँ २० पैसा र बिक्री दर ४३२ रुपैयाँ १५ पैसा पर्नेछ भने बहराइन दिनारको एकको खरिदमा ३५१ रुपैयाँ २४ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ८४ पैसा पर्नेछ ।
विस्तृत तालिकामा हेर्नुस्