काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को सात महिनामा स्मार्टफोनको आयात पनि उल्लेख्य भएको पाइएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको वैदेशिक व्यापार तथ्याङ्क अनुसार गएको साउनदेखि माघ मसान्तसम्म नेपालमा १७ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ बराबरको ११ लाख २६ हजार थान स्मार्टफोन भित्रिएका छन् ।
विभागको तथयाङ्क अनुसार पछिल्लो समय नेपालमा आयात हुने वस्तुहरुको सूचीमा स्मार्टफोन प्रत्येक बर्षजसो माथि उक्लिँदै गएको देख्न सकिन्छ ।
भन्सार विभागका अनुसार चालु आवको सात महिनामा मात्रै नेपालमा यससँगै नेपालमा धेरै आयात हुने वस्तुको सूचीमा स्मार्टफोट छैठौं स्थानमा परेको छ ।