images
images

कृषि विकास बैंकको वार्षिक साधारण सभा फागुन ३० गते, सेयरधनीको हात खाली

कृषि विकास बैंकको वार्षिक साधारण सभा फागुन ३० गते, सेयरधनीको हात खाली

मंगलवार, फागुन ८ २०८०
मंगलवार, फागुन ८ २०८०
  • कृषि विकास बैंकको वार्षिक साधारण सभा फागुन ३० गते, सेयरधनीको हात खाली

    काठमाडौँ / कृषि विकास बैंकले १७औँ वार्षिक साधारणसभा फागुन ३० गते गर्ने निर्णय गरेको छ । बैंक सोमबार फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम केन्द्रमा बिहान ११ बजेबाट हुने कम्पनीले जनाएको छ।

    images
    images

    सभाले प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानुनबमोजिम संशोधन गर्नुपर्ने भएमा वा नियमनकारी नियकाबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकतानुसार सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालन समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

    सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। यसका साथै बैंकका सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्याँस कम्पनीको उक्त आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि सभाले स्वीकृत गर्नेछ।

    चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक र सेवासर्त तोक्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। यसपालिको वार्षिक साधारणसभामा बैंकले लाभांशको प्रस्ताव भने लैजाने छैन।

    वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन १७ गतेदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभा भाग लिन पाउनेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार