काठमाडौँ / प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले आइतबार ३१२औँ शाखा कार्यालयको रूपमा सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलङ्गामा दार्चुला शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरूमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ ।
प्रभु बैंकको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेकोे छ ।
बैंकको दार्चुला शाखा कार्यालयको समुद्घाटनको क्रममा बैंकका सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुखलगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।
बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आए पश्चात् स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुहुनेछ र प्रभु बैंकको दार्चुला शाखा सञ्चालनमा आएबाट यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्त्वपूर्ण टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
साथै, दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंक लिमिटेडको सेवा अब देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ ।