images
images

सगरमाथा क्षेत्रमा पर्यटक आगमनसँगै व्यवसायी  पनि काममा फर्किंदै

सगरमाथा क्षेत्रमा पर्यटक आगमनसँगै व्यवसायी  पनि काममा फर्किंदै

सोमवार, फागुन ७ २०८०
सोमवार, फागुन ७ २०८०
  • सगरमाथा क्षेत्रमा पर्यटक आगमनसँगै व्यवसायी  पनि काममा फर्किंदै
    images
    images
    सल्लेरी (सोलुखुम्बु) / विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ । 
     
    चिसोका कारण हिउँदमा केही महिना पर्यटक आवागमन प्रायः ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम सुरु भएको हो । 
     
    पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्कअनुसार अहिले दैनिक ५० देखि ६० जनासम्म विदेशी पर्यटक खुम्बु प्रवेश गरिरहेका छन् ।
     
     फागुन लागेसँगै पर्यटक आवागमनमा वृद्धि भइरहेको पर्यटक प्रहरी इन्चार्ज प्रहरी हबल्दार शङ्कर खत्रीले जानकारी दिए । 
     
    उनले भने, “सगरमाथा क्षेत्रमा विदेशीको चाप बढिरहेको छ ।” उनका अनुसार पर्यटक आगमनसँगै घरबास, होटल बन्द गरेर न्यानोस्थलमा गएका उद्यमी तथा होटल व्यवसायी पनि काममा फर्केका छन् । 
     
    “सगरमाथा क्षेत्र विदेशीमय हुन थालेको छ, अब सिजन सुरु भयो र मौसम पनि अनुकूल भएकाले व्यवसाय वृद्धि पनि अपेक्षा गरिएको छ”, स्थानीय तोयाकुमार श्रेष्ठले भने । 
     
    उनले भने, “विदेशी धमाधम आउन थाले, तर यो वर्ष दुःखको कुरा डाँडा आसपासका क्षेत्र सुक्खा छन्, खासै हिउँ परेन । हिउँ परेको भए पर्यटक दङ्ग पर्थे ।”
     
    यस क्षेत्रमा सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरा छन् ।
     
    यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुगजस्ता पक्षी पाइन्छन् । 
     
    सगरमाथा क्षेत्रमा आउने पर्यटकले यहाँको दृश्यावलोकन, वन्यजन्तुको अवलोकनलाई प्राथमिकतामा राखेर भ्रमण गर्ने गरेका छन् । 
     
    लुक्लाको हवाई सेवामा चाप
     
    खुम्बु क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई यात्रुको चाप वृद्धि भएको छ । काठमाडौँबाट सगरमाथा क्षेत्र आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्या बढेसँगै काठमाडौँ–लुक्लाको जहाजमा यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
     
     कार्यालयका एअर ट्राफिक कन्ट्रोलर सञ्जय श्रेष्ठका अनुसार काठमाडौँबाट अहिले दैनिक १० देखि १२ उडान भइरहेका छन् । रामेछापबाट हेलिकप्टर चार्टर गरेर पनि पर्यटक आउने गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार