images
images

जनकपुरमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

जनकपुरमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

आइतवार, फागुन ६ २०८०
आइतवार, फागुन ६ २०८०
  • जनकपुरमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न
    images
    images

    काठमाडौँ / नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना  रिटेलरहरू तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँगको भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ जनकपुरमा सम्पन्न गरेको छ । 

    नेपाल ल्युब आयल लिमिटेडका आधिकारीक डिलर न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्ससँगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा १६० भन्दा बढि नया बिक्रेता र मेकानिक्सहरूले सहभागिता जनाएका थिए । 

    कार्यक्रममा प्रमुख अतिथि जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, अतिथि जनकपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष  अम्भु प्रसाद साह र नेपाल ल्युब आयल लिमिटेडका सेल्स र मार्केटिङ विभागका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।   

    बिगत ६ वर्षदेखि डिलरको रूपमा जनकपुर र जलेश्वर क्षेत्रमा विक्री वितरण गर्दै आइरहेका न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्सले यस क्षेत्रमा गल्फ लुब्रिकेन्टको माग अत्यधिक रहेको र ग्राहकहरूको पहिलो रोजाइमा रहेको बताएका छन् ।  

    कार्यक्रममा नेपाल ल्यूब आयलका प्रादेशिक बजार व्यवस्थापक दिनेश कुमार यादवले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको  बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए । 

    कार्यक्रममा गल्फ लुब्रिकेन्टका रिटेलर जानकी मोटर स्पेयर र सुजित एंड सुमित अटोलाई ‘बेस्ट सेल्स अवार्ड’ प्रदान गरेको थियो । साथै आगामी दिनमा पनि सेल्सको आधारमा सो अवार्ड प्रधान गरिने कम्पनीले जनाएको छ ।  
    फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्षदेखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।  

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार