काठमाडौँ / नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठुलो इभी कार्निभल आयोजना गर्ने भएको छ ।
यो कार्यक्रम काठमाडौँ उपत्यकाको अमरपाली बैंक्वेट, नक्सालमा फागुन १८ देखि २१ गतेसम्म (आइतबारदेखि बुधबारसम्म) बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म दैनिक सञ्चालन हुनेछ ।
साथै, उपत्यका बाहिरका सम्बन्धित शोरुमहरूमा पनि यो कार्निभल आयोजना हुनेछ । विराटनगरमा यो कार्यक्रम कञ्चनजङ्घा बैंक्वेटमा आयोजना हुनेछ ।
चार दिनसम्म चल्ने नेपालकै ठूलो इभी कार्निभल ग्राहकले पछिल्लो समयमा नेपालमा निकै रुचाइएको र चर्चा कमाइरहेको दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नुका साथै अभुतपूर्व अफरको फाइदा उठाउँदै इभी खरिद गर्न सक्नुहुनेछ ।
यो एक्सक्लुसिभ कार्निभलमा ग्राहकले नेपालमा भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयुभीको अनुभव पनि गर्न सक्नुहुनेछ जुन एउटा सिंगट बटनमा एसयुभीबाट पिकअप ट्रकमा परिणत हुन्छ ।
साथै, यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस०७, एस०७एल, एल०७का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ । तसर्थ यो इभेन्ट हरेक इभीप्रेमीका लागि अभुतपूर्व अनुभवको हुनेछ ।
एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनुहुनेछ ।
ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनुहुनेछ । यसका अलावा हरेक टेस्ट डनइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउनुहुनेछ ।
कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिनेछ जसलाई मात्र १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ ।
हरेक दिन बुकिंग गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा फ्रि नाइट स्टे पाउनुहुनेछ भने बम्पर उपहारमा बुकिंग गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन१६ प्रोम्याक्स पाउनुहुनेछ ।
रिफ्रेसमेन्ट र म्युजिकले यो कानिर्भललाई अझ आउनलायकको बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ । पछिल्लो समयमा नेपाली अटोबजारमा दिपल, नामी र सेरेसले राम्रो प्रदर्शन गरिरहेको छ ।
आफ्नो डिजाइन र प्रविधिका कारण दिपललाई छोटो समयमै निकै बजारले रुचाएको छ भने नामी र सेरेसले पनि आक्रामक रुपमा बजार लिइरहेको छ ।