images
images

क्लोजअप नेपालद्वारा ‘नजिक आउ’ वेब सिरिजको अन्तिम भाग सार्वजनिक

क्लोजअप नेपालद्वारा ‘नजिक आउ’ वेब सिरिजको अन्तिम भाग सार्वजनिक

शुक्रवार, फागुन ४ २०८०
शुक्रवार, फागुन ४ २०८०
  • क्लोजअप नेपालद्वारा ‘नजिक आउ’ वेब सिरिजको अन्तिम भाग सार्वजनिक

    काठमाडौँ / क्लोजअप नेपालले ‘भ्यालेन्टाइन्स डे’ को दिनमा नजिक आउ वेब सिरिजको अन्तिम भाग सार्वजनिक गरेको छ। भ्यालेन्टाइन्स डेको अवसरलाई लक्षित गरी निरन्तरता दिएको नजिक आउ अभियान अन्तर्गत नजिक आउ वेब सिरिज सुरुवात गरेको हो। 

    यस अभियानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यतामा मिल्न प्रोत्साहन गर्नु रहेको बताइएको छ। एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोजअपले हरेक व्यक्तिलाई आत्मविश्वासका साथ आफ्ना प्रियजनसँग नजिक हुन प्रेरित गरेको कम्पनीको दावी छ । 

    यस अघि नै चार भिन्न कथाहरु फेसबुक, इन्स्टाग्राम, युट्युब तथा क्लोजअपको माइक्रोसाइटमा सार्वजनिक गरिएको थियो जसमा दर्शकहरुले व्यापक रुची देखाउनुभएको कम्पनीको दावी छ। 

    यी ४ भागले एक करोडभन्दा माथि भ्युज र ९७ लाखभन्दा माथि पोस्ट इन्गेजमेन्ट हासिल गरेको छ। यी भिन्न कथाहरुलाई हेरेपछि सामाजिक सञ्जालमा विभिन्न इन्फ्लुएन्सरहरुले आफ्नो मत राखेको बताइएको छ । 

    जसमध्ये जस्मिन महर्जनले युवाहरुको जीवनसँग मेल खाने भनेका छन् । वर्षा बस्नेतले पात्रहरुको सामिप्यतालाई रुचाएकी छन् । त्यस्तै, प्रेक्षा बज्राचार्यले यसको सस्पेन्स र खुल्दुली बढाउने कथाको प्रशंसा गरेकी छन् । दर्शकहरुले यी चार भागमा दिएका कमेन्ट्सको आधारमा अन्तिम भागलाई रोचक र हृदयस्पर्शी निष्कर्ष दिइएको कम्पनीको दावी छ। हरेक इन्फ्लुएन्सरहरुले यस वेब सिरिजलाई प्रोत्साहन दिएका छन् । 

    साथै, यस अभियानले सहभागीहरुको प्रेम कथालाई डिजिटल माध्यमबाट वास्तविकतामा प्रदर्शन गरेको छ। फेब्रुअरी १४ सम्म माइक्रोसाइटमा लेखिएका प्रेम कथाहरुलाई छानी सफलतापूर्वक देशभरका विभिन्न बिलबोर्डहरूमा प्रदर्शन गरिएको कम्पनीको भनाई छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार