images
images

सिटिजन्स बैंकद्वारा महिला जागृती तथा वृद्धा आश्रम विराटनगरलाई सहयोग

सिटिजन्स बैंकद्वारा महिला जागृती तथा वृद्धा आश्रम विराटनगरलाई सहयोग

बिहिवार, फागुन ३ २०८०
बिहिवार, फागुन ३ २०८०
  • सिटिजन्स बैंकद्वारा महिला जागृती तथा वृद्धा आश्रम विराटनगरलाई सहयोग

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिला जागृती तथा वृद्धा आश्रम विराटनगरलाई सहयोग प्रदान गरेको छ । 

    images
    images

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढीगंगा गाँउपालिका ०१, पुष्पलाल चोक विराटनगरमा अवस्थित महिला जागृती तथा वृद्धा आश्रमलार्ई सहयोग प्रदान गरेको हो । 

    ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६ महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य  सामाग्रीहरु उपलब्ध गराएको छ  । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ । 

    वृद्धा आश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलज्यूले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । 

    समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धा महिलाले संचालन गरेर समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महशुस भएको कुरा व्यक्त गरे । 

    उनले दिन दुःखी वृद्धाहरुलाई सानो भएतापनि सहयोग गरेर समाज प्रतिको उत्तरदायित्व बोध गर्न पाँउदा हर्षित भएको पनि बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । 

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख १९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

    हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वाट जिल्लामा सेवा प्रदान गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार