कपाल हेरचाहको क्षेत्रमा एक विश्वसनीय नाम लिभोन कानुनी रूपमा आफ्नो विवाह दर्ता गर्ने दक्षिण एसियाकै पहिलो समलिङ्गी जोडी दीप्ती र सुप्रितासँगै आफ्ना सबै जीवन्त रङहरुमा रंगिएर प्रेमको उत्सव मनाएको छ। लिभन समेतको सहनिर्माणमा बनेको एक भिडियोमा कैद गरिएको उनीहरूको यात्राले आफ्नो अस्तित्वलाई स्वीकार गर्न र समान प्रेमका लागि उभिन प्रेरित गर्ने कम्पनीको भनाइ छ ।
आफ्ना उत्पादनहरू मार्फत् जीवनका विविध रङहरू मनाउँदै आएको लिभोनले उनीहरूको मायाका जीवन्त रङहरूको उत्सव मनाउँदैछ। लिभोनले दीप्ती र सुप्रिताले आफ्नो नयाँ अध्याय सुरु गरेकोमा बधाइसमेत ज्ञापन गरेको छ ।
लिभन कपालको हेरचाहमा जोड दिने एक प्रिमियम श्रेणीको ब्रान्ड हो। यो कपाल हेरचाहका सामग्रीहरु उत्पादन गर्ने मारिको लिमिटेडको ब्रान्डहरूमध्येकै एक हो। यस ब्रान्डले ूगर्जियस हेयर डे, एभरी डेू भन्ने आफ्नो नाराअनुरुप महिलाहरूको भावनालाई उकास्ने र उनीहरूलाई आफ्ना बारेमा राम्रो महसुस गराएर सशक्तिकरण गर्ने उद्देश्य राखेको छ।