images
images

मेलम्चीको खानेपानी वितरणका उपत्यकाका विभिन्न स्थानका १० वटा वितरण संजाल हस्तान्तरण

मेलम्चीको खानेपानी वितरणका उपत्यकाका विभिन्न स्थानका १० वटा वितरण संजाल हस्तान्तरण

मंगलवार, फागुन १ २०८०
मंगलवार, फागुन १ २०८०
  • मेलम्चीको खानेपानी वितरणका उपत्यकाका विभिन्न स्थानका १० वटा वितरण संजाल हस्तान्तरण

    काठमाडौं/  उपत्यकाका विभिन्न स्थानका १० वटा वितरण संजालको करिब २ अर्ब ७ करोड मूल्य बराबरका २७८ कि.मी. खानेपानी वितरण प्रणालीको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई आज हस्तान्तरण गरिएको छ ।

    images
    images

    यसअघि, गत असारमा बोर्डलाई हस्तान्तरण गरिएका करिब रू.४० करोड १४ लाख मूल्य बराबरका ७५ कि.मि. खानेपानी वितरण संजालबाट नियमित मेलम्चीको पानी वितरण हुँदै आएको छ ।

    हालसम्म हस्तान्तरण गरिएका जम्मा १४ वटा वितरण संजालका कूल ३५० कि.मि. खानेपानी वितरण प्रणालीबाट जम्मा २३,००० घरमा मिटर जडान भई मेलम्चीको पानी वितरण हुँदै आएको छ ।

    काठमाडौं उपत्यकामा बिच्छ्याइएका कूल १ हजार १० कि.मी. वितरण संजालमध्ये हस्तारण हुन बाँकी रहेको करिव ६६० कि.मि. वितरण संजालको अन्तिम परिक्षण गर्ने कार्य तिब्रगतिमा भइरहेको जनाएको छ । 

    ती वितरण संजालहरूको पनि क्रमिक रूपमा परिक्षण सम्पन्न गरी हस्तान्तरण गर्ने कार्य आगामी असारसम्म हुने गरी कार्ययोजनाका साथ कार्य भइरहेको आयोजना निर्देशक राजेन्द्र सापकोटाले जानकारी दिए । 

    आयोजनाबाट निर्माण सम्पन्न भई २०७९ साल माघमा बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका कूल रू.९ अर्ब ६२ करोड मूल्य बराबरका थोक वितरण प्रणाली र पानी ट्याङ्कीहरू हाल संचालनमा रहेका छन् ।

    नयाँ वितरण प्रणालीबाट मेलम्चीको खानेपानी वितरण गर्दा उपभोक्ताका घरघरमा समानुपातिक रूपमा खानेपानी वितरण हुँदै आएको छ भने चुहावटको समस्या समेत नहुने अपेक्षा गरिएको छ ।


    कार्यक्रममा खानेपानी मन्त्री महिन्द्र राय यादव प्रमुख अतिथि, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य विशेष अतिथि र खानेपानी मन्त्रालयका सहसचिवहरू अतिथिका रूपमा सहभागी थिए । 

    आज काठमाडौंमा आयोजित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १६ औं वार्षिकोत्सव समारोहमा थप क्षेत्रका वितरण संजालहरूको स्वामित्व हस्तान्तरण गरिएको हो ।

    त्यस अवसरमा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीव विक्रम राणालाई थप खानेपानी वितरण संजालको स्वामित्व हस्तान्तरण गरे । 

    सोही अवसरमा आयोजनाबाट स्वामित्व प्राप्त भएका १० वटा वितरण संजालको संचालन र व्यवस्थापनको जिम्मेवारी बोर्डले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार