images
images

शाओमीको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का

शाओमीको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का

आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • शाओमीको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का

    काठमाडौँ / शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । स्वस्तिमा खड्का पछिल्लो समयकी लोकप्रिय अभिनेत्री हुन् । 

    यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भने, ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो सहकार्यले शाओमीले अझ उचाइ लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

    यस्तै नवनियुक्त ब्रान्ड एम्बासडर खड्काले भनिन्, ‘शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु । अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरू र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ । मलाई यो अवसर दिएकोमा शाओमीप्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्‍याउनेछ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार