images
images

काठमाडौँको तरकारी बजारमा कुन तरकारीको भाउ कति पुग्यो ? हेर्नुस् मूल्य विवरण

काठमाडौँको तरकारी बजारमा कुन तरकारीको भाउ कति पुग्यो ? हेर्नुस् मूल्य विवरण

आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • काठमाडौँको तरकारी बजारमा कुन तरकारीको भाउ कति पुग्यो ? हेर्नुस् मूल्य विवरण

    काठमाडौँ । आज माघ २८ गते आइतबार ! कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आज काठमाडौँको बजारमा १० रुपैयाँदेखि एक हजार ५०० रुपैयाँसम्मको तरकारी तथा फलफुल पाइने भएको छ ।

    समितिका अनुसार आज गोलभेडा ठूलो (नेपाली) को न्युनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ, गोलभेडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेडा सानो (भारतीय) को न्युनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ, गोलभेडा सानो (तराई) को न्युनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ र आलु रातोको न्युनतम मूल्य प्रतिकिलो २८ रुपैयाँ तोकिएको छ । 

    यस्तै, गाजर (लोकल) को न्युनतम मूल्य प्रतिकिलो २५ रुपैयाँ, मूला रातोको न्युनतम मूल्य प्रतिकिलो १० रुपैयाँ र लौकाको न्युनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चोको न्युनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ, सलगमको न्युनतम मूल्य प्रतिकिलो ७० रुपैयाँ, पिंडालूको न्युनतम मूल्य प्रतिकिलो ७० रुपैयाँमा खरिद बिक्री हुने समितिले जनाएको छ । 

    त्यसैगरी, मेथीको सागको न्युनतम मूल्य प्रतिकिलो ७० रुपैयाँ, प्याज हरियोको न्युनतम मूल्य प्रतिकिलो १०० रुपैयाँ, बकूलाको न्युनतम मूल्य प्रतिकिलो ७० रुपैयाँ, तरुलको न्युनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) को न्युनतम मूल्य प्रतिकिलो १३० रुपैयाँ र चुकुन्दरको न्युनतम मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकिएको छ । 

    यस्तै, अम्बाको न्युनतम मूल्य प्रतिकिलो १२० रुपैयाँ, लप्सीको न्युनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ, भेडे खु्र्सानीको न्युनतम मूल्य प्रतिकिलो ७० रुपैयाँ, लसुन हरियोको न्युनतम मूल्य प्रतिकिलो ११० रुपैयाँ, छ्यापी हरियोको न्युनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ, रुख टमाटरको न्युनतम मूल्य प्रतिकिलो १०० रुपैयाँ, निबुवाको न्युनतम मूल्य प्रतिकिलो ५०रुपैयाँ र मौसमको न्युनतम मूल्य प्रतिकिलो १४० रुपैयाँमा खरिद बिक्री हुने समितिले जनाएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार