काठमाडौं / नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले 'द अनब्रेकेबल स्मार्टफोन' 'अनर एक्स९बी ५जी' सार्वजनिक गरेको पहिलो हप्तामै सम्पूर्ण इकाइहरू बिक्री गरेसँगै आउट अफ स्टक भएको छ।
कम्पनीले यो फोनलाई धेरै रुचाइ दिएकोमा सम्पूर्ण ग्राहकलाई धन्यवाद दिँदै सात दिनभित्र पुनः स्टकमा आउने जानकारी पनि दिएको छ।
अल्ट्रा बाउन्स ड्रप टेस्ट डिस्प्लेको विशेषता रहेको अनर एक्स९बी ५जीमा ३ दिन लामो चल्ने ५८०० एमएएच ब्याट्री रहेको छ।
सिमलेस र डायनामिक स्मार्टफोन अनुभव खोज्नेहरूका लागि शीर्ष विकल्पको रूपमा रहेको यो स्मार्टफोनमा १०८ एमपी रियर क्यामेरा, २०(१२+८) जिबी र्याम र २५६ जिबी स्टोरेज जस्ता विशेषताहरू रहेका छन्।
जसले गर्दा यो फोन ग्राहकहरूका लागि मिड–रेञ्ज स्मार्टफोनहरू मध्ये एक भएको कम्पनीले बताएको छ।