images
images

एक्स कस्मोपोलिटिएनले नेपालमा पहिलो पटक सुरु गर्यो रिभर्स एजिङ सेवा, नक्सालमा आउटलेट

एक्स कस्मोपोलिटिएनले नेपालमा पहिलो पटक सुरु गर्यो रिभर्स एजिङ सेवा, नक्सालमा आउटलेट

बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • एक्स कस्मोपोलिटिएनले नेपालमा पहिलो पटक सुरु गर्यो रिभर्स एजिङ सेवा, नक्सालमा आउटलेट


    काठमाडौँ / नेपाली बजारमा एक्स कस्मोपोलिटिएनको औपचारिक सुरुवात भएको छ। नेपालमा रिर्भस एजिङको अनुभव दिने उद्देश्यसहित स्थापना भएको उक्त आउटलेट बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । 

    दुबईका राजपरिवारका सदस्य शेख जुमाविन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहाकार यकुब अल अली र नेपाल महिला उद्ममी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले रिबन काटेर आउटलेटको उद्घाटन गरेका हुन् । 

    सो अवसरमा अल अलीले नयाँ र अपरिहार्य सेवाको नेपालमा सुरुवात भएको भन्दै खुसी व्यक्त गरे । त्यस्तै, महिला उद्ममी महासंघकी अध्यक्ष ज्ञवालीले नेपाल प्राकृतिक रुपमा सम्पन्न भएको अवस्थामा त्यस्ता स्रोत र साधनको प्रयोगबाट एक्स कस्मोपोलिटिएनले गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिन् । 

    प्राकृतिक रूपमा नै मानिसको आयु १२० बर्ष भएता पनि मानिसको चेतनाको कमीले औसत आयु घट्दै गइरहेको हालको अवस्थालाई मध्यनजर गरेर दीर्घ ‘जीवन सम्भव छ’ भन्ने मान्यतालाई संसारभरी चेतना फैलाउने एक्स कस्मोपोलिटिएनको उद्देश्य रहेको बताइएको छ ।

    समुन्द्र सतहदेखि ३ हजार मिटरदेखि ६५ सय मिटरको उचाइमा पाइने विभिन्न हिमालयन जडीबुटिको प्रयोग गरी मानिसलाई स्वयंम् आत्मनिर्भर भई  १२० वर्षभन्दा लामो दीर्घ जीवन सम्भव छ भन्ने मान्यतालाई संसारभरी चेतना फैलाउने कम्पनीको भनाइ छ ।

    एक्स कस्मोपोलिटिएनमा पर्सनल वेलकेयर र सोभिनियर बुटिक गरी दुई प्रकारका सेवाहरु उपलब्ध गरिएको छ । वेलकेयरअन्तर्गत आजको अग्रगामी प्रविधि र प्रकृतिलाई संयुक्त रुपमा परिचालन गरी मानिसहरुको मेटावोलिजम बढाउने, मानिसको आन्तरिक तथा बाह्य सुन्दरतालाई अनन्तता दिने कार्य गरिन्छ ।

    सुभनियर बुटिक अन्तर्गत नेपालको समुन्द्री सतहदेखि ६ हजार ५०० मिटर सम्मको हिमाली उचाइमा पाइने विभिन्न हिमाली जडिबुटी, हिमाली चिया, भिर महलगायत विभिन्न पहाडी इलाकामा पाइने जडिबुटिबाट उत्पादन गरिएको विभिन्न प्राकृतिक अत्यावश्यक दैनिक रूपमा विशेष प्रयोग हुने साम्रागीहरू बिक्रीको लागि राखिने छ ।

    विशेषतः नेपालीलगायत नेपालमा घुम्न आउने पर्यटकहरूलाई नै लक्षित गरेर सुभनियर बुटिकको स्थापना गरिएको एक्स कस्मोपोलिटिएनकी संस्थापक सरीता अधिकारीले बताइन् । 

    “कम्पनीले प्राकृतिक रूपमा उपलब्ध भएको वस्तुहरूलाई जस्ताको त्यस्तै बजारमा ल्याउँदै छ । यो संसारभरिका सम्पूर्ण मानिसहरूका लागि फलदायक छ । कम्पनीले उत्पादन गर्ने सामाग्रीहरूमा केमिकलको प्रयोग हुने छैन,” अधिकारीले भनिन् । 

    नेपाली मौलिक स्वादलाई प्राथमिकतामा राखी सबै उमेर समूहका मानिसहरूले प्रयोग गर्न उपयुक्त हुने सामाग्रीहरूको उत्पादन तथा बिक्री वितरण कम्पनीले गर्नेछ । विभिन्न जडिबूटीका साथसाथै नेपालमै उत्पादित पश्मिनालाई पनि अन्तर्राष्ट्रिय तथा रिटेल स्टोरहरुमा बिक्री गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । 

    *सच्याइएको

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार