images
images

निरन्तर घट्दै सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ किन–बेच ?

निरन्तर घट्दै सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ किन–बेच ?

बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • निरन्तर घट्दै सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ किन–बेच ?

    काठमाडौँ / नेपाली बजारमा यो साताको पहिलो कारोबारको दिनदेखि घटेको सुन–चाँदीको मूल्य आज पनि घटेको छ । आइतबारदेखि नै घट्दोक्रममा रहेको सुनचाँदीको मूल्य आज बिहीबार पनि निरन्तररुमा घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । अघिल्लो कारोबारको दिन अर्थात बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो ।

    यो साताको आइतबार सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० रुपैयाँ थियो । त्यसयता सोमबार, मंगलबार र बुधवार समेत घटेको थियो । र, महासंघका अनुसार आज बिहीबार पनि सुनको मूल्य घटेर कारोबारमा आएको हो ।

    महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधवार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ७५ रुपैयाँ थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार