images
images

राष्ट्रपतिबाट सङ्घीय संसद्को महासचिवमा पाण्डेय नियुक्त

राष्ट्रपतिबाट सङ्घीय संसद्को महासचिवमा पाण्डेय नियुक्त

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • राष्ट्रपतिबाट सङ्घीय संसद्को महासचिवमा पाण्डेय नियुक्त

    काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा सङ्घीय संसद्का पूर्वकार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयलाई सङ्घीय संसद्को महासचिवमा नियुक्त गरेका छन् । 

    images
    images

    पाण्डेको संसद् सेवाको कार्यवाहक महासचिवको हैसियतले दिनुभएको राजीनामा आजै राष्ट्रपति पौडेलबाट स्वीकृत भएको थियो ।
         
    नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दीकोट गाउँपालिका ९१, पाल्पा निवासी पाण्डेयलाई आजैदेखि लागू हुने गरी नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

    पाण्डेयले यसअघि संसद् सचिवालयको सचिव र न्याय सेवा विशिष्ट श्रेणीको पदाधिकारीका रूपमा राष्ट्रसेवा गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार