images
images

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ किनबेच ?

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ किनबेच ?

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ किनबेच ?

    काठमाडौँ / साताको पहिले कारोबारको दिन अर्थात आज आइतबार सुन–चाँदी दुवैको मूल्य घटेको छ । 

    नेपाल सुनचाँदी महासंघको अनुसार आज नेपाली बजारमा सुनको मूलय प्रतितोला ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको हो । 

    महासंघको अनुसार अघिल्लो कारोबारको दिन अर्थात शुक्रबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार हुने छ । 

    यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३५० रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो कारोबार दिन तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।  

    त्यसैगरी, महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा २० रुपैयाँले घट्दै आज १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य १४ सय १५ रुपैयाँ थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार