काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९८ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ७ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर एकको खरिखमा ८७ रुपैयाँ ४४ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८४ पैसा पर्नेछ ।
त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ३ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ८ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४२ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३० पैसा र बिक्रीमा ३५ रुपैयाँ ३६ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्