images
images

भारतमा मन्दिर भत्किँदा एक महिलाको मृत्यु, १७ जना घाइते

भारतमा मन्दिर भत्किँदा एक महिलाको मृत्यु, १७ जना घाइते

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • भारतमा मन्दिर भत्किँदा एक महिलाको मृत्यु, १७ जना घाइते

    भारतको राजधानी नयाँदिल्लीमा भक्तजनका लागि बनाइएको मञ्च एक्कासि भत्किँदा एक महिलाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।

    images
    images

    “आइतबार बिहानै हामीलाई कालकाजी मन्दिरको एउटा स्टेज भत्किएको खबर आयो । तत्काल उद्धार टोली घटनास्थलमा पुगेको छ,” स्थानीय प्रहरी अधिकारीले भने ।

    घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको र उनीहरूको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

    घटनापछि कार्यक्रम स्थलमा भागदौड मच्चिएको थियो र मानिसह भागेर आत्तिएर चिच्याइरहेका देखिन्थे ।

    प्रहरी अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले मन्दिरमा बिना अनुमति धार्मिक कार्यक्रम आयोजना गरिएको जनाएका छन् ।

    कार्यक्रममा महिला र बालबालिकासहित एक हजार ६०० भन्दा बढीको सहभागिता रहेको थियो ।

    भिडिओमा घटनास्थल खचाखच भरिएको देख्न सकिन्छ। प्रारम्भिक अनुसन्धान अनुसार मान्छेको वजन धान्न नसकेर मन्दिरको अगाडि बनाइएको स्टेज भत्किएको थियो ।

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ती महिलाको निधनप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले यस्ता ठूला कार्यक्रम आयोजना गर्दा सुरक्षा नियम पालना गर्न आग्रह गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार