images
images

मुस्कान खातुको जीवन कथामा ‘नमेटिने घाउ’ बन्ने, फिल्म केपी ओलीकोसमेत रोल

मुस्कान खातुको जीवन कथामा ‘नमेटिने घाउ’ बन्ने, फिल्म केपी ओलीकोसमेत रोल

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • images
    images
    मुस्कान खातुको जीवन कथामा ‘नमेटिने घाउ’ बन्ने, फिल्म केपी ओलीकोसमेत रोल
    images
    images

    काठमाडौँ / फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा  फिल्म ‘नमेटिने घाउ’ बन्ने भएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त फिल्म बन्ने घोषणा गरिएको हो । 

    images
    images

    फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रधानमन्त्री’को रोल निर्वाह गर्ने बताइएको छ । यसअघि दिपेन्द्र दाहालको ‘रातो सूर्य’ मा पनि ओली देखिएका थिए । 

    अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्ने फिल्ममा एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ । 

    एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछिन् । उनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । उनले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् । 

    फिल्म निर्माणका लागि वीरगन्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको बताइन्छ । मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार