images
images

छैठौँ 'नेपाल एग्रीटेक' एक्स्पोको आज अन्तिम दिन, केके छन् आकर्षण ?

छैठौँ 'नेपाल एग्रीटेक' एक्स्पोको आज अन्तिम दिन, केके छन् आकर्षण ?

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • छैठौँ 'नेपाल एग्रीटेक' एक्स्पोको आज अन्तिम दिन, केके छन् आकर्षण ?
    images
    images

    काठमाडौँ / कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी ‘छैठौँ नेपाल एग्रीटेक’ एक्स्पोको आज आइतबारसम्म चल्नेछ । 

    मिडिया स्पेस सोलसुन प्रा.लि.,  फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा. लिमिटेड, तथा एक्जिभिसन एण्ड ट्रेड सर्भिस इन्डिया प्रा.लि.को संयुक्त आयोजनामा सञ्चालन भइरहेको उक्त एक्स्पो शुक्रबारदेखि सुरु भएको हो । 

    प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका १०० भन्दा बढी स्टलहरू रहेका छन् । 
     
    कृषि तथा पशुपन्छी विकास मन्त्री  बेदुराम भुसालले शुक्रबार उद्घाटन गरेको प्रर्दशनीलाई सफल बनाउनका लागि प्रबद्र्घकको भूमिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल कृषि सहकारी केन्द्रिय सङ्घ लि. रहेका छन् । 
     
    प्रर्दशनीमा कृषिका विभिन्न विधाहरू जस्तैः कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, बिषादीरहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ । 

    उक्त प्रर्दशनीमा देशभरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरूले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ । 

    साथै, यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकहरूका समस्याहरूलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न बिषयमा स्वदेशी विज्ञहरूद्वारा सेमिनार आयोजना हुने तथा देशभरीबाट आएका कृषकहरूलाई कृषि प्रबिधि, कृषिका विभिन्न विधाहरूको बारेमा जानकारी गराउने कार्यक्रम समेत सम्पन्न गरेको छ । 
     
    निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु‍र्याउन यो प्रदर्शनी कोशे ढुङ्गा सावित हुने आयोजक कम्पनीको बिश्वास छ । 

    उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार