images
images

जापानमा डुङ्गा दुर्घटनामा हुँदा १० जना घाइते

जापानमा डुङ्गा दुर्घटनामा हुँदा १० जना घाइते

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • जापानमा डुङ्गा दुर्घटनामा हुँदा १० जना घाइते

    बिहीबार साँझ जापानको योकोहामा बन्दरगाहमा  डुङ्गा सामुद्रिक किनारमा भू-क्षय रोक्न बनाइएको वालमा ठोक्किँदा १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

    जापानको तटरक्षकले योकोहामा बन्दरगाहबाट पाहुनालाई रातको दृश्यको आनन्द दिनका लागि प्रस्थान गरेको मोटरबाट चल्ने डुङ्गा सामुद्रिक किनारमा ठोक्किएर डुबानमा परेको जापानी दैनिक मैनिची सिम्बुनले शुक्रबार जनाएको छ । 

    योकोहामा शहर अग्नि नियन्त्रण विभागका अनुसार डुङ्गा दुर्घटनामा घाइते १० जनालाई नै तत्काल अस्पताल लगिएको छ । उनीहरूमध्ये दुई जना गम्भीर घाइते भएका र अन्य आठ जना सामान्य घाइते भएका बताइएको छ । 

    कार्यालयका अनुसार जहाजमा १३ जना यात्रु र चालक दलका सदस्यहरू थिए ।

    जहाज त्यो साँझ योकोहामा बन्दरगाहबाट कावासाकी सहरका लागि निस्किएको र योकोहामा फर्कँदै गर्दा सामुद्रिक किनारामा ठोक्किएको बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार