images
images

मृत्युदण्डको सजाय सुनाइएका आओबाद्वारा अदालतमा अपिल

मृत्युदण्डको सजाय सुनाइएका आओबाद्वारा अदालतमा अपिल

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • मृत्युदण्डको सजाय सुनाइएका आओबाद्वारा अदालतमा अपिल

    जापानको ‘एनिमे स्टुडियो’मा भएको आगजनीमा परी ३६ जनाको ज्यान जाने गरी भएको आगजनीको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका जापानी नागरिकले शुक्रबार उक्त फैसलाविरुद्ध अपिल गरेका छन् ।

    images
    images

    सन् २०१९ मा जापानको क्योटो एनिमेसनको स्टुडियोमा भएको आगजनीका लागि ४५ वर्षीय शिन्जी आओबालाई दोषी ठहर गरिएको छ ।

    उहाँका वकिलले आहोबा मानसिक रोगी भएको र घटनामा दोषी ठहराउनु जापानको कानुन अनुसार गलत हुने दावी गर्दै फैसलाविरूद्ध निवेदन दिएका छन् । 

    क्योटो जिल्ला अदालतका प्रवक्ताले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रबार उनको प्रतिरक्षा टोलीले उक्त फैसलाविरुद्ध अपिल गरेको हो ।

    कानूनमा मृत्युदण्डको सजायको प्रावधान राख्ने केही विकसित (जी–७) मुलुकहरूमध्ये जापान एक हो यसको लागि जन समर्थन उच्च छ । 

    जापानमा गतबर्षको डिसेम्बरसम्म १०७ जनालाई मृत्युदण्ड दिइएको थियो ।

    सन् २०१९ को जुलाईमा भएको आगलागीमा परी ज्यान गुमाउनेमा २१ वर्षीया एक महिलासहित अधिकांश युवा थिए ।

    आओबा बिहान भवनभित्र पसेर भुइँतल्लामा पेट्रोल छर्केर आगो बालेर ‘ड्रप डेड’ भनेर चिच्याएको बाँचेकाहरूले बताएका छन् ।

    फैसलामा न्यायाधीशले भनेका छन्, “मानिसहरुलाई अपमानित गर्नु वास्तवमै क्रूर र अमानवीय हो ।”

    आगजनीका कारण आओबाको आफ्नो शरीरको ९० प्रतिशत भाग जलेको थियो र आगो लागेको केही हप्तापछि मात्र होशमा आएका थिए भने पछि उनी बोल्न सक्ने भएका थिए । 

    घटनामा ३६ जनाको मृत्यु भएको थियो भने अन्य ३० जनाभन्दा बढी घाइते भएका थिए भने अग्निनियन्त्रकहरूले घटनालाई ‘अकल्पनीय’ भनेका थिए र भित्र फसेका मानिसहरूको उद्धार गर्न ‘अत्यन्त कठिन’ भएको बताएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार